काठमाडाैं- सरकारले धानको न्युनतम समर्थन मूल्य तोकेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१र८२ को लागि मोटा धानको प्रति क्विन्टल रु। ३४१०.५१ र मध्यम धानको प्रति क्विन्टल रु। ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । अघिल्लाे वर्ष मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल ताेकेकाे थियाे। गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो ।
प्रतिक्रिया