काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउली र पार्सलेको मूल्य बढेको छ । कालिमाटीमा यसदिन ब्रोकाउली प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने ११३ रुपियाँ थियो । यो किलोमा १६२ रुपियाँले महँगो भएको हो ।
त्यसैगरी, हिजो २९० रुपियाँ रहेको पार्सले किलोमा ३६ रुपियाँले बढेर आज ३२६ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
साथै, यसदिन ठूलो गोलभेंडा ९५, लोकल गोलभेंडा ५५, घिउसिमी ९राजमा० १४०, परवर ४०, घिरौंला ७५, कन्य च्याउ १६३, डल्ले च्याउ २८६, कुरिलो २२६ र तामाको भाउ प्रतिकिलो ९५ रुपियाँ रहेको छ ।
प्रतिक्रिया