दुग्ध किसानसगँ डीडीसीले माफी माग्यो

आइतबार, २३ असार २०८१, १३ : १७

काठमाडौँ - दुग्ध विकास संस्थान (डिडिसी) ले समयमै दुग्ध किसानलाई भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ ।

संस्थानले बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा डेढ अर्ब रुपियाँबराबरको धुलो दूध, मक्खन मौज्दात रहेको तथा दुग्ध पदार्थ भण्डारण गर्दा संस्थानको खर्च बढिरहेकाले किसानलाई गर्नुपर्ने भुक्तानीमा ढिलो भई कृषक परिवारमा परेको असहजताप्रति माफी मागेको हो । संस्थानले सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थको बिक्रीबाट कृषको भुक्तानी सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई समेत व्यवस्थित गरिने प्रतिबद्धतासमेत जनाएको छ ।

त्यसैगरी संस्थालने बजार खपत बढाई कृषको भुक्तानी नियम बनाउन दुग्धजन्य पदार्थमा छुटसमेत दिएको जनाएको छ । संस्थानका अनुसार धुलो दूध ६०० र मक्खन प्रतिकेजी ८०० रुपियाँ (करसहित) निर्धारण गरिएको छ । संस्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर आदिको खपत बढाइदिन संस्थानले व्यापारी तथा उद्योगीलाई आग्रहसमेत गरेको छ । 

668a42aeb56ed.jpg

आइतबार, २३ असार २०८१, १३ : १७

प्रतिक्रिया