झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता

बुधबार, २६ असार २०८१, ११ : ३०

काठमाडौँ- जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ।  स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। 

बुधबार, २६ असार २०८१, ११ : ३०

प्रतिक्रिया