काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सञ्चारमाध्यम तथा पत्रकारमाथि सरकारले गरिरहेको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै गिरफ्तार पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले प्रेस नोट जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले गर्ने अलोकतान्त्रिक व्यवहारको घोर भर्त्सना गरेका छन्।
तामाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यता भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि हुने सरकारी हस्तक्षेप र पत्रकारमाथिको धरपकड लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्।
उनले गिरफ्तार गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेका छन्।
प्रतिक्रिया