पूर्वप्रधानाध्यापक सहितका पदाधिकारी विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

शुक्रबार, १३ कार्तिक २०८३, १३ : १३

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका९२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही रु १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध रु एक लाख बिगो माग गरेको छ ।

उनीहरुले मिलेमतोमा सरकारीरसार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ रु १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ । रासस

शुक्रबार, १३ कार्तिक २०८३, १३ : १३

प्रतिक्रिया