काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका बाँकी भूभागमा भने आंशिक बदली रहनेछ ।
कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ । मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश बदली रहने महाशाखाले जनाएको छ । अन्य भूभागमा साधारणतया बादल लाग्नेछ ।
रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, शुक्रबार देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया