काठमाडौं- कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन्।
आफ्ना गहन भावना, व्यक्तिगत अनुभव र मौलिक सोचलाई उत्कृष्ट कवितामार्फत प्रस्तुत गर्दै प्रिस्काले उपाधि चुम्न सफल भएकी हुन्।
प्रतिस्पर्धाभरि कविताप्रतिको समर्पण, निरन्तरको मेहनत र सशक्त मञ्च प्रस्तुतिले उनलाई निर्णायक तथा दर्शक दुवैको मन जित्न मद्दत गर्यो।
_cUU8v7VFDm.jpg)
अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले यो ऐतिहासिक जित हासिल गरेकी हुन्। उनको शब्द चयन र वाचन शैलीले हरेक चरणमा दर्शकलाई प्रभावित बनाएको थियो।
‘जुनियर द पोएट आइडल’को उपाधि जितेसँगै प्रिस्कालाई साहित्यप्रेमी, दर्शक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिइरहेका छन्।
कम उमेरमै यति ठूलो साहित्यिक मञ्चमा प्राप्त गरेको यो सफलताले उनको आगामी साहित्यिक यात्रालाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया