अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति पुग्यो ?

बुधबार, ११ कार्तिक २०८३, ११ : ०३

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँ घटेर तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार, ११ कार्तिक २०८३, ११ : ०३

प्रतिक्रिया