सुनचाँदी

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १० कार्तिक २०८३, ११ : ०४

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ  प्रतितोला आठ सय रूपैयाँ बढेको  छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।

सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मंगलबार, १० कार्तिक २०८३, ११ : ०४

प्रतिक्रिया