काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घट्दा चाँदी १०५ रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया