काठमाडौ — निरन्तरको वर्षापछि बलान नदीमा पानीको सतह बढेको छ । अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ ।
बलान नदीको तटबन्धमा कटान सुरु
सप्तरीको बलान-बिहुल गाउँपालिका-४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।
२ सय मिटरसम्मको लम्बाइमा कटान भएको पालिका अध्यक्ष यादवले जनाए । अहिले कटान लागेको स्थानमा दुई वर्षदेखि प्रदेश सरकारको बजेटमा सिचाइँ कार्यालयले मर्मत र पुनर्निर्माणको कार्य गरेको थियो । पालिका अध्यक्ष यादवका अनुसार बलान नदीको कटान लागेको स्थानमा २ करोड ७० लाखको कार्य सिंचाइँ कार्यालयले गरेको थियो । प्रभावकारी रूपमा काम नगरिँदा अहिले फेरि कटान भइरहेको उनले बताए । अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए सातसय परिवारको उठिवास हुने अध्यक्ष यादवले बताए । तत्कालिक मर्मत स्वरूप बाँस हालेर बोरा हाल्ने तयारी गरिएको छ ।
प्रतिक्रिया