मौसममा उथलपुथल, शनिबारसम्म उच्च भारी वर्षा, यि पाँच प्रदेशमा उच्च जाेखिम?

यो अवधिमा  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थान  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार, २६ असार २०८१, २१ : ०५

काठमाडाैं- मौसमपूर्वअनुमान  महाशाखाले मौसममा उथलपुथल आएको संकेत देखाएको छ । आज रातिदेखि शनिबारसम्म देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने सम्भावना देखिएकाले देशभर वर्षा हुने जनाएको हो।

साथै, बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ।यी दुवै प्रणालीको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आज यो विशेष बुलेटिन जारी गरिएको छ।

यो अवधिमा  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थान  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले सुदूरपश्चिम र कर्णालीबाहेकका पाँच प्रदेशमा उच्च जोखिमका हिसाबले रेडअलर्ट जारी गरेको छ।  कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा जोखिम नरहे पनि उौबाँकी क्षेत्रमा भने जोखिम आकलन गरिएको छ।

बुधबार, २६ असार २०८१, २१ : ०५

प्रतिक्रिया