प्रतिनिधिसभा बैठकमा मन्त्री नआएपछि स्थगित

विहीबार, २७ असार २०८१, १७ : ५९

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री नआएपछि भोलीसम्मका लागि स्थगित भएको छ ।

दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद् बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण जनाए । 

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन गर्न अनिवार्य मन्त्रीको उपस्थिति हुनुपर्ने व्यवस्था रहेको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची रहेको थियो । 


 

विहीबार, २७ असार २०८१, १७ : ५९

प्रतिक्रिया