हरियो तरकारीको मूल्यदिनप्रतिदिन महँगो

आइतबार, ३० असार २०८१, ०७ : ५४

काठमाडाैं- कालिमाटी फलफूत तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारीको मूल्यसूची जारी गरेको छ ।

मूल्यसूचीअनुसार आज ठूलो गोलभेंडा किलोमा ५ रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो १२० रुपियाँ रहेको गोलभेंडा आज ११५ रुपियाँ कायम भएको छ ।
त्यस्तै, लोकल गोलभेंडा पनि ५ रुपियाँले घटेर ४५ रुपियाँमा झरेको छ । 

अघिल्लो दिन १७५ रुपियाँ रहेको राजमा घिउसिमी यसदिन १५ रुपियाँले सस्तिएर १६० कायम भएको छ । तर, लोकल घिउसिमी भने ६६ रुपियाँ महँगिएर प्रतिकिलो २१० रुपियाँ निर्धारण गरिएको कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।  आइतबार हरियो प्याज किलोमा ४२ रुपियाँ सस्तो भएको छ । अघिल्लो दिन १७५ रहेको हरियो प्याज आज १३३ रुपियाँमा किनबेच भइरहेको छ । 

आइतबार, ३० असार २०८१, ०७ : ५४

प्रतिक्रिया