सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ३० असार २०८१, १० : ५३

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । 

यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार, ३० असार २०८१, १० : ५३

प्रतिक्रिया