काठमाडाैं- कालिमाटी फलफूत तथा तरकारी बजारमा आज हरियो धनिया र अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ ।
हिजो प्रतिकिलो ३१२ रुपियाँ रहेको धनिया आज ३६ रुपियाँले घटेर २७६ कायम भएको छ । त्यस्तै यसदिन अकबरे खुर्सानी प्रतिकिलो ३७६ रुपियाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन ४०० रुपियाँ थियो । यो किलोमा २४ रुपियाँले घटेको हो ।
त्यस्तै, मंगलबार कालिमाटीमा ठूलो गोलभेंडा ११५, रातो आलु ७०, गाजर ९५, तनेबोडी ११५, करेला ९५, परवर ७५ र रायोको साग प्रतिकिलो २४० रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया