कैलालीका पशु चौपायालाई लगाइयो खोप

शनिबार, ०५ साउन २०८१, १३ : ००

काठमाडौँ - पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।

विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०\८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाई-गोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । एक लाख ४१ हजार छ सय गाई-गोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाई-गोरुलाई लम्पीस्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ । आर्थिक वर्ष २०८०\८१ मा दुई लाख ४१ हजार खोरेतविरुद्धको खोप, एक लाख ७० हजार पीपीआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किनविरुद्धको खोप र एक लाख रानीखेत खोप लगाउने लक्ष्य छ । 

 

शनिबार, ०५ साउन २०८१, १३ : ००

प्रतिक्रिया