काठमाडाैं- समयम मलको अभावकाबीच किसानले साउनको पहिलो सातासम्म देशभर ८५ प्रतिशत रोपाइँ गरेका छन् । सोमबार कृषि विभागले जारी गरेको तथ्यांकक अनुसार ११ लाख ८१ हजार हेक्टर जमिन रोपाईँ सम्पन्न भएको हो । गतवर्ष यो अवधिमा ६९ प्रतिशत मात्र रोपाईँ सम्पन्न भएको थियो । यसवर्ष सरकारले १३ लाख ९८ हजार हेक्टर जमिनमा रोपाईँ हुने लक्ष्य राखेको छ ।
विभागका अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ९६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो रोपाईँ ९८ प्रतिशत रहेको थियो । सबैभन्दा कम रोपाई मधेश प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८०.६ प्रतिशत रहेको छ । त्यस्तैं हालसम्म कोशीमा ८२,मधेशमा ८०, बागमतिमा ८३, गण्डकीमा ८४, लुम्बिनीमा ८३, कर्णालीमा ९३ व प्रतिशत रोपाईँ सम्पन्न भएको छ । यसवर्ष समयम मनसुन सक्रियहुँदा रोपाइँ गत वर्षको भन्दा छिटो रोपाईँ सम्पन्न भएको हो । यसपटक गत असारको पहिलो साता मनसुन सक्रिय भएको थियो ।
प्रतिक्रिया