काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य लगातार बढेको छ भने युरोपियन युरो घटेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ रहेकामा अघिल्लो दिन खरिद १३३.६१ रुपियाँ र बिक्री १३४.२१ रुपियाँ थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ । सन् २०२४ को सुरुवातमा औसत १३२.६७ रुपियाँ रहेको डलर जुलाईमा आइपुग्दा औसत १३३.४० पुगेको छ ।
त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४५.१९ रुपियाँ र बिक्री मूल्य १४५.८४ रुपियाँ रहेकामा आज खरिद १४४.८९ रुपियाँ र बिक्री १४५.५४ रुपियाँ तोकिएको छ । त्यसैगरी बिहीबार पाउन्ड १ को खरिद दर १७२.५२ रुपियाँ र बिक्री दर १७३.३० रुपियाँ रहेकामा हिजो खरिद १७२.४८ रुपियाँ र बिक्री १७३.२५ रुपियाँ तोकिएको थियो ।
प्रतिक्रिया