काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा गत साताको अन्तिम कारोबार दिन शुक्रबार खरिद १३३.६२ रुपियाँ र बिक्री १३४.२२ रुपियाँ थियो । त्यसैगरी अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद ८७.१५ रुपियाँ र बिक्री ८७.५४ रुपियाँ थियो । आइतबार भने सोही मुद्राको खरिद ८७.६६ रुपियाँ र बिक्री ८८.०५ रुपियाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया