काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार बेलायती पाउन्ड र मलेसियन रिंगिटको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज पाउन्ड १ को खरिद दर १७१.७९ रुपियाँ र बिक्री दर १७२.५६ रुपियाँ तोकिएको छ । हिजो भने सो मुद्राको खरिद १७१.६५ रुपियाँ र बिक्री १७२.४२ रुपियाँ थियो ।
त्यसैगरी मंगलबार रिंगिट १ को खरिद मूल्य २८.८१ रुपियाँ र बिक्री २८.९४ रुपियाँ रहेकामा आज भने खरिद २८.९२ र बिक्री २९.०५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४।२७ रुपियाँ रहेकामा सोमबार र मंगलबार दुवै दिन सोही दरमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया