तोलामा १८०० रुपैयाँ बढ्यो सुनको मुल्य

बुधबार, १६ साउन २०८१, ११ : ०७

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बुधबार भने तोलामा १८०० रुपैयाँ बढेको हो। यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यस दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार, १६ साउन २०८१, ११ : ०७

प्रतिक्रिया