उच्च मूल्यमा अमेरिकी डलर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बुधबार, २३ साउन २०८१, ०७ : ०६

काठमाडाैं-  नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

केही दिनयता अमेरिकी डलर बढ्ने क्रममा छ । डलर बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्छ । आज पनि अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.८६ रुपियाँ र बिक्री १३४.४६ रुपियाँ थियो ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि नै अमेरिकी डलर उकालो लागेको छ ।  त्यस्तै अघिल्लो दिन जापानी १० को खरिद मूल्य ९.३७ रुपियाँ र बिक्री मूल्य ९.४२ रुपियाँ रहेकामा आज घटेर खरिद ९.२२ रुपियाँ र बिक्री ९.२६ रुपियाँ कायम भएको छ ।  बुधबार हङकङ डलर १ को खरिद दर १७।२० रुपियाँ र बिक्री दर १७.२८ रुपियाँ रहेका मंगलबार पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

बुधबार, २३ साउन २०८१, ०७ : ०६

प्रतिक्रिया