प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौँ- नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया