काठमाडौँ - सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्ने तयारी गरेको हो ।
विभागले भारतले नेपालका लागि तोकेको कोटा अनुसार चिनी आयात गर्नका लागि इच्छुक फर्म तथा व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । भारतले गत वर्षको दसैँतिहारमा नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने कोटा निर्धारण गरेको थियो । तर गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् ।
अहिले छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउने छ भने १९ हजार मेट्रिक टन चिनी निजी व्यापारीमार्फत ल्याइने विभागले जनाएको छ ।
प्रतिक्रिया