काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.०५ रुपियाँ र बिक्री दर १३४.६५ रुपियाँ थियो । गत हप्ता अमेरिकी डलर लगातार उच्च विन्दुमा कारोबार भयो । गत साताको पहिलो दिन आइतबार सो मुद्राको खरिद दर १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो, जुन सोमबार पनि यथावत् रह्यो । मंगलबार बढेर खरिद १३३.८६ र बिक्री १३४.४६ रुपियाँ पुग्यो । यद्यपि, रोकिने छाँट भने देखिएन ।
त्यसपछि निरन्तर बढ्न थालेको डलर बुधबार खरिद १३४.०३ र बिक्री १३४.६३, बिहीबार १३४.०४ र १३४.६४ रुपियाँमा कारोबार भएको थियो ।
त्यसैगरी अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १७०.१७ रुपियाँ र बिक्री दर १७०.९३ रुपियाँ रहेकामा आज भने खरिद १७०.८४ रुपियाँ र बिक्री १७१.६१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया