काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.०२ रुपियाँ र बिक्री १३४.६२ रुपियाँ रहेको थियो ।
त्यस्तै शुक्रबार युरोपियन युरो १ को खरिद १४७.५८ रुपियाँ र बिक्री १४८.२४ रुपियाँ रहेकामा आइतबारका लागि भने खरिद १४७.२८ रुपियाँ र बिक्री १४७.९४ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद दर १७२.३४ रुपियाँ र बिक्री दर १७३.११ रुपियाँ थियो । तर आज बढेर खरिद १७२.९२ रुपियाँ र बिक्री १७३.६९ रुपियाँ पुगेको छ ।
प्रतिक्रिया