काठमाडौं- नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी, जिहोले AE4 इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्ने भएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, AE4ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ ।
दक्षताको लागि डिजाइन
AE4 को ३.० KW मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै + ६५ किमी/घण्टा को गति पु¥याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो XL सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।
सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, AE4 मा रहेको ABS र eTCS ले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै Collision Warning System र Slope Hold ले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत NFC Key Less इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।
न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
AE4 को 74 V 27 Ah ATL लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि Type–C र USB चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध AE4 ले सडकमा विशेष प्रभाव पार्छ । V- शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।
जिहोको बारेमा
जिहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलता को सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड हो । गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै, जिहोले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने, भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया