एमजीद्वारा नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने घोषणा

सोमबार, १० भदौ २०८१, १६ : ०६

काठमाडौँ - एमजी मोटर्स नेपालले आउँदै गरेको दसैँको अवसरमा काठमाडौँमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने घोषणा गरेको छ। 

एमजीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले यसबारे जानकारी गराएको हो । कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछि एमजीले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोल्ने निर्णय लिएको जनाएको छ ।  यी नयाँ केन्द्रहरू २०२४ को सेप्टेम्बरको अन्त्य र अक्टोबरको प्रारम्भको बीचमा सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । 

एमजीका प्रवक्ताले भने, “हामी सुकेधारा र सल्लाघारीमा नयाँ केन्द्रहरूको उद्घाटन गर्दै आफ्नो सेवा नेटवर्कलाई विस्तार गर्न पाउँदा खुशी छौं। हाम्रो उद्देश्य कुसुन्ती केन्द्रले प्रदान गरेको उत्कृष्ट सेवा र समर्थनलाई थप विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौँभरि  जmन का ग्राहकहरूलाई हाम्रो बिक्री पछिको सेवासम्म सजिलो पहुँच प्रदान गर्नेछन्।”
 

सोमबार, १० भदौ २०८१, १६ : ०६

प्रतिक्रिया