काठमाडौँ - भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी प्रख्यात चिनिया विधुतिय माही उत्पादन कम्पनी जोइलीङ्ग तथा एसआरएमका बटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडनहरुले नेपाली उपभोक्तालाई आवश्यक कमांसंपल गाडीहरुका माग पूरा गर्ने कुरामा कम्पनी विस्वस्त रहेको जनाएको छ। जोइलीङ्ग तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनी का रुपमा चिनिन्छ। हाल नेपाली बजारमा विक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लिङ्ग उद्योग बाट उत्पादन भएका हुँदा, कालान्तरमा उपभोक्ताले विक्री पश्चातको सर्विस तथा पार्ट पुर्जा उपलब्धतामा दुख पाउने सम्भावना अत्याधिक रहेको छ।
यस सम्भावनालाई मध्यनजर गरी भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्व स्तरिय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ्ग तथा एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो । यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५र२० वर्ष सम्म यी कम्पनीहरुले राम्रो सर्विस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ ।
जोइलीङ्ग कम्पनीका ठूला १५\१७\२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याइले भने 'जोइलोड़का ठूला माइक्रो बसहरु वर्षी देखि अध्ययन तथा अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।'
जोइलीङ्गका गाडीहरु जस्तो सुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको छ । हाल जोइलोङ्गका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरुमा अत्याधिक रुचाइएक हुन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेका कुरा महाप्रबन्धक ज्याङ्ग बताउछन् ।
उक्त पत्रकार सम्मेलनमा भिजि मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएम बाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ। यी ५ वटा मोडलहरुमा टी- ३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।
हाल नेपाली बजारमा प्रयोग भैरहेका प्रदुषण गर्ने डिजेल गाडीहरुलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कुरामा कम्पनी विस्वस्त छ। कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक श्री लि ग्वा ले भने ूसाना कमर्सियल र विद्युतिय कमर्सियल गाडीहरु सबै बाहिर बाट हेदा उस्तै देखेता पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरु सबै भन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर व्याग तथा एविएम जस्ता सुरक्षाका उपकरणहरु जडान गरेर पठाउने गरेको छ ।”
अन्य चिनीया कम्पनीको तुलनामा निजि क्षेत्रवाट प्रवधित गरिएको कम्पनी एसआरएम हो जुन हरेक पल विश्वस्तरीय सेवा ग्राहकलाई दिन तत्पर रहने गरेको छ। आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नया मोडलहरु न्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भिजि मोटर्सको सहकार्य बाट नेपाली बजारमा सबै भन्दा उत्कृष्ट विक्री पश्चातको सेवा ग्राहकले पाउने छन् भन्ने कुरामा कम्पनी ढुक्क छ ।
कार्यक्रमको अन्त्यमा बोल्दै भिजि मोटर्सका सीइओ विवेक बिजुक्छे बताउछन् , 'कमर्सियल इलेमिटुक गाडीहरुको बजारको कुरा गर्ने हो भने, हाल नेपालले विश्वका सबै देशहरुलाई पछाडी पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ। अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंग स्टेसनको स्थापना गर्ने गरिरहेको यी परिस्थितिमा, भिजि मोटर्सले पनि यस आर्थिक वर्षमा ११० बटा चार्जिग स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरुको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ।
उनले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरेका छन् । कार्यक्रममा विक्री सुरुवात गरिएको ओइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन् ।
जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ kwh)
जोइलोङ्ग इए ५. १७ सिटर (रु ६० लाख, ६० kwh)
जोइलीङ्ग इए ६, २० सिटर (रु ७६ लाख, ८६ kwh)
त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् ।
एसआरएम टी-३ पिकअप (रु ३६ लाख, ४२ kwh)
एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ kwh)
एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ kwh)
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ kwh)
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ kwh)
भिजी मोटर्सको मुख्य उद्देश्य भनेको नै विक्रि पश्चातको सेवा हो। उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गरेर ग्राहकहरूको अपेक्षाहरू भन्दा माथि उठ्नु र ग्राहकको मन जित्नु नै भिजी मोटर्सको उद्देश्य रहेको छ ।
विशाल ग्रुपको सहायक कम्पनी भिजि मोटर्सले नेपालमा अत्याधुनिक अटोमोबाइल साधनहरु विक्री वितरण गर्दै आएको छ । नवीनता र दिगोपनालाई अघि बढाउने प्रतिबद्धताका साथ, भिजि मोटर्सले विश्व-स्तरीय इलेक्ट्रिक गाडीहरू प्रस्तुत गरेर देशको यातायात क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया