काठमाडौँ - लिप मोटर्सको सी-१० एसयूभी सार्वजनिक भएको छ । लिप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले सी-१० सार्वजनिक गरेको हो ।
लिप मोटर्सको सी-१० साइजमा निकै ठूलो छ । अहिले नेपाली बजारमा उपलब्ध दिपल एस-०७ भन्दा केहि मिलिमिटर मात्रै ठूलो सी-१० निकै बल्की लाग्छ । अहिले निकै प्रतिस्पर्धी सेग्मेन्टमा आएको सी-१० एसयूभीको मूल्य भने भोलि मात्रै सार्वजनिक गर्ने साँग्रिला मोटर्सले जानकारी दिएको छ । कम्पनीले ठ्याक्कै मूल्य नभने पनि हाम्रो अनुमानमा ६६ लाखदेखि ७० लाख भित्रै यसको मूल्य रहने छ । जुन दिपल एस-०७ भन्दा कम हुने पक्का छ ।
‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी-१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यसले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । फिचरहरुको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ ।
एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ । यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।
१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।
लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
प्रतिक्रिया