काठमाडौँ - प्यारामाउंट मोटर्स, नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक, एमजी ZS EV मा विशेष offer ल्याएको छ। यो प्रस्ताव विशेष रूपमा NADA-दशैंको अवसरमा गरिएको हो।
यस छुटमा, एमजी ZS EV डिलक्स संस्करण NPR ४६.९९ लाखमा उपलब्ध छ। यस मूल्यमा ग्राहकहरूले एमजीZS EV का उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्नेछन्। एमजी ZS EV मा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू छन्। यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडास लेभल २, र वायरलेस चार्जिङ समावेश छ।
“हामी हाम्रो ग्राहकहरूलाई यो विशेष दशैंकोoffer सार्वजनिक गर्न खुशी छौं,” प्यारामाउंट मोटर्सका प्रवक्ताले भने। “एमजी ZS EV भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ। यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामी सबैलाई आमन्त्रण गर्छौं।”
यो विशेष प्रस्ताव २७ अगस्त देखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध छ। प्यारामाउंट मोटर्सको बारेमास् प्यारामाउंट मोटर्स नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक हो, जसले उत्कृष्ट सवारी र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ।
प्रतिक्रिया