CFMOTO 450MT उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

मंगलबार, ११ भदौ २०८१, १७ : १९

काठमाडौं - विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता CFMOT, अत्यन्त प्रतिक्षित द्धछण्ःत् लाई नाडा अटो शो २०२४ मा लन्च गर्न पाउँदा निक्कै नै उत्साहित छ । 

उक्त मोटरसाइकलको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरी देङ, एओलिन बीयू– मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर सिएफमोटो चाइना, रोहिन अग्रवाल प्रोप्राइटर ऋषि ट्रेड सेन्टर, उज्वल जोशी जनरल म्यानेजर ऋषि ट्रेड सेन्टर, नाडाले संयुक्त रुपमा गरेका थिए । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरुका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने भएको छ । 

ऋषि ट्रेड सेन्टर द्वारा वितरण गरिने द्धछण्ःत् ले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एड्भेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिनेछ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । यो मोटरसाइकलको मूल्य रु.१२,४९,९०० रहेको छ । 
अत्याधुनिक पावर र पर्फर्मेन्स
449.5CC को बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले 44हर्सपावर 9500 RPMमा र 44NM को टर्क7600 RPM  मा दिन्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग, 450MT ले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।

स्लिम र आक्रामक डिजाइन
द्धछण्ःत् मा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई standout बनाउँछ । पूर्ण रूपमा LED लाइटले सुसज्जित,450MT ले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा 175 ​​​​​​​ केजी रहेको छ साथै बाइक BOSCH ABS / TCS ले पनि सुसज्जित छ।

अत्याधुनिक प्रविधि र सुविधाहरू
CFMOTO n] 450MT लाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल TFT  ६ इन्चको डिस्प्ले रहेको छ जसमा बाइकको सबै जानकारी जस्तै स्पीड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।
सुरक्षा प्रमुख प्राथमिकता हो र 450MT यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल ABS रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, ABS ले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा BOSCH ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र KYB सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ
एडभेन्चर सोचमा राखी डिजाइन गरिएको 450MT ले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ।
17.छ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको 220mm ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।
 
CFMOTO को बारेमा
 एक अग्रणी हाई परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स ATV), र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो। नवीनता र गुणस्तरमा प्रतिबद्ध,CFMOTO ले आफूलाई विश्वव्यापी मोटरसाइकल बजारमा भरपर्दो ब्रान्डको रूपमा उभाएको छ। कम्पनीका उत्पादनहरू असाधारण प्रदर्शन, विश्वसनीयता, र राम्रो मूल्य प्रदान गर्न बनाइएका हुन्छन् ।

मंगलबार, ११ भदौ २०८१, १७ : १९

प्रतिक्रिया