भन्टा, टाटे सिमी, तिते करेला, भिण्डी सहितको मुल्य बढ्यो, अन्यको कति ?

बुधबार, १२ भदौ २०८१, ०९ : ४७

काठमाडौं- बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भन्टा, टाटे सिमी, तिते करेला, भिण्डी केही महँगिएको छ ।

त्यस्तै गोलभेँडा, स्थानीय काउली, घिउ सिमी तथा परवर सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६५ रुपैयाँ छ । कालीमाटीमा प्याज पनि महँगिदै गएको छ । अघिल्लो दिन अधिकतम प्रतिकिलो १२० रुपैयाँ रहेको प्याज बुधबार १३० रुपैयाँ पुगेको छ ।

कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम ३५ रुपैयाँमा कारोबार भएको छ ।  रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ६०, स्थानीय काउली १४०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । तने बोडी १००, घिउ सिमी ९०, टाटे सिमी १५०, तिते करेला प्रतिकिलो ६० रुपैयाँ छ । लौका ५०, परवर ६०, घिरौंला ५० रुपैयाँमा कारोबार भएको छ । डल्ले च्याउ ४३०, कुरिलो ३५०, कन्य च्याउ २०० तथा ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।


 

बुधबार, १२ भदौ २०८१, ०९ : ४७

प्रतिक्रिया