नाडा प्रदर्शनीमा ईभीको बाहुल्यता, ८० प्रतिशत नयाँ सवारी साधनमा अवलोकनकर्ताको आँखा

विहीबार, १३ भदौ २०८१, ०८ : ५२

काठमाडाैं- काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा नयाँ गाडी, मोटरसाइकल र तिनका पाटपुर्जाबारे बुझ्न र अवलोकन गर्न आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ ।यसवर्ष ईभीलाई विशेष प्राथमिकता दिएको हुँदा पनि आम उपभोक्ता त्यसप्रति आकर्षित भएका हुन् । एकै ठाउँमा विभिन्न कम्पनीका सवारी साधन प्रत्यक्ष हेरेर आफ्नो रोजाइको बनाउन सकिने भएपछि युवादेखि पाकापुस्ता माझ यो प्रदर्शनीमा विशेष आकर्षण छ ।

अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायत गरी १ सय ३० वटा स्टल राखिएको छ । जसमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड राखिएको छ ।

1724904705326

लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीका स्टल ३३ वटा छन् । समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले जनाए । प्रदर्शनीमा विद्युतीय पिकअप भ्यान पनि राखिएको छ । चाडबाडको पूर्वसन्ध्यामा आयोजना गरिएको अटो सोमा नगद छुट अफर राखेर दुई र चारपांग्रे सवारी साधनको बुकिङ भइरहेको छ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो सो २०२४’ को पहिलो दिन मंगलबार १५ हजार दर्शक दोस्रो दिन बुधबार १५ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको छन् । यो वर्ष एशोसिएसनले ७५ हजारले अबलोकन गर्ने बताईएको छ ।

अटो सोमा कम्पनीहरूबीच सवारीसाधनदेखि हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट दिन प्रतिस्पर्धा छ । त्यसो त कम्पनीहरूका लागि अटो सो नयाँ उत्पादन (प्रोडक्ट) लन्च गर्ने राम्रो गन्तव्य बन्दै आएको छ ।

 । 


 

विहीबार, १३ भदौ २०८१, ०८ : ५२

प्रतिक्रिया