काठमाडौँ- गोगोरोले काठमाडौंको नाडा अटो शोमा विश्वकै पहिलो हाइपर–इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर–जीएक्स २५० स्मार्टस्कुटरहरूको अनावरण र काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेशनहरूको घोषणा गरेको छ।
शहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक (नास्डाकः जीजीआर) र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका छन्। उनीहरूले काठमाडौं उपत्यकामा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थानहरूको पनि घोषणा गरेका छन्। जारी नाडा अटो शोमा गोगोरोको एम थ्री स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त घोषणा गरिएको हो। दुई स्वाप स्टेशनहरूको सफ्ट लन्च र फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझेदारहरूसँग स्कूटरहरूको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रिया पछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार भएको हो।
मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए। ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने बताइएको छ।
नेबुला इनर्जीले हाल उनीहरूको जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गरिरहेको छ। नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्नेछ। उद्घाटनपछि ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि–बुकिङ गर्ने र दशैंपछि आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन्। बिक्री सुरु गर्नु अघि ४५ स्वाप स्टेसनहरू स्थापना गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेशनका लागि निश्चित स्थानहरूको घोषणा गरेको छ जस अनुसार प्रत्येक २–३ किलोमिटरमा एउटा स्टेशनको उपलब्धता सुनिश्चित हुनेछ। स्टेशनहरू रणनीतिक रूपमा पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा रहनेछन्।
गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्ने बारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कूटरहरू पावर अप राख्न सजिलो बनाउँछ।
अन्ततः नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पहरूको संख्याभन्दा धेरै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ।
प्रतिक्रिया