वुलिङ बिङ्गो ईभीमा नाडा-दसैँ अफर घोषणा

विहीबार, १३ भदौ २०८१, १२ : ३०

काठमाडौँ - नेपालमा वुलिङ मोटर्सको अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले वुलिङ बिङ्गो ईभीमा विशेष सीमित समयका लागि अफर घोषणा गरेको छ। 

नाडा-दसैँको अवसरमा वुलिङ बिङ्गो ईभी आकर्षक दरमा उपलब्ध गराइएको हो।वुलिङ बिङ्गो ईभी को संस्करण अब २९.९९ लाख रुपैयाँमा उपलब्ध छ। साइजमा सानो तर प्रशस्त सपेस, बिङ्गो ईभी को आयामहरू ३,९५० x १,७०८ x १,५८० मिमी छन् । 

मजबुत चेसिस र १५ स्टीलका चक्कासँग १८५र६० R१५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ। साथै, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ। यो प्रिमियम हैचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फास्फेट ब्याट्रीसँग सुसज्जित छ र  IP67 मानकको छ, जसले एकपटक चार्जमा ३३३ किमि सम्मको दायरा उपलब्ध गराउँछ। 

यसको ५० KW ड्राइभ मोटरले १२० किमिरघण्टा सम्मको अधिकतम गति प्रदान गर्दछ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ । DC चार्जिङमा लगभग ३५ मिनेट लाग्छ, जसले सहजता र सुविधा मिलाउँछ।

सुरक्षाको मामिलामा सम्झौता नगरी, बिङ्गो ईभी ले डुअल फ्रन्ट एयरब्याग,ABS र EBD, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, ISOFIX, र टायर प्रेसर मानीटरिङ सिस्टमलाई प्राथमिकता दिन्छ। इलेक्ट्रिक पार्किङ ब्रेक र अटोमेटिक भेहिकल होल्डले प्रत्येक रोकावटमा मन शान्ति सुनिश्चित गर्दछ।

विहीबार, १३ भदौ २०८१, १२ : ३०

प्रतिक्रिया