प्रधानमन्त्रीद्वारा हाइड्रोजन कारको शुभारम्भ

शुक्रबार, १४ भदौ २०८१, १३ : २४

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि  सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । 

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए ।

शुक्रबार, १४ भदौ २०८१, १३ : २४

प्रतिक्रिया