नाडा अटो शो को पाँचौ दिन : ९९ गाडी बुकिङ

आइतबार, १६ भदौ २०८१, १२ : १०

काठमाडौँ- नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नाडा अटो शो २०२४ को पाँचौ दिन सम्म ९९ गाडी बुकिङ भएको दावी गरेको छ ।

अटो शो आज सकिदै छ । जी मोटर्सले हाल स्काइवेल ईटी५ र बीई११ मोडलका ६२० किमी, ५२० किमी र ४२० किमी रेन्ज दिने इलेक्ट्रिक गाडी बिक्री–वितरण गरिरहेको नाडाले बताएको छ । हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी यस अघि नै बिक्री–वितरण भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य कायम गरेको छ ।

यस अनुसार ४१० किमी बीई११ को मूल्य ७५ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।

स्काइवेल नेपाल वाहेक जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको युरोपियन गुणस्तरको सवारी बिक्री गर्ने प्रिमयम सवारी उत्पादक कम्पनी भएको बताइएको छ ।

नाडा शो पश्चात सबै मोडलमा ५ लाखले मुल्य वृद्धि हुने कम्पनीले जनाएको छ । 

आइतबार, १६ भदौ २०८१, १२ : १०

प्रतिक्रिया