सनरुफ भएको टाटा पन्च इभीको बुकिङ्ग करिब ५०० पुग्ने अपेक्षा

आइतबार, १६ भदौ २०८१, १३ : ४८

काठमाडाैं-  टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको छ ।

नाडाको पाँचौ दिनसम्म ४ सय ६८ युनिट बुकिङ्ग भईसकेको छ भने नाडाको अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको नाडाले जनाएको छ । यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले जानकारी दिए । 

टाटा पन्चको शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस शुरुवाति भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सकिने उनको भनाई छ । हाल सार्वजनिक मूल्य नाडा सम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले नाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ । 

आइतबार, १६ भदौ २०८१, १३ : ४८

प्रतिक्रिया