झन्डै ४० करोडको सारी आयात

काठमाडौँ-  एक महिनामा झन्डै ४० करोडको सारी आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउनभरीमा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँको ९ लाख २४ हजार ९५४ थान सारी (धोती सारी तथा लुङ्गी)  आयात भएको छ । 

यस्तै सोही अवधिमा ४२ लाख ४४ हजार रुपैयाँको १२ हजार २९६ थान पेटिकोट र ३ करोड १६लाख ५२ हजार रुपैयाँको १ लाख ३१ हजार ५४८ थान ब्लाउज  आयात भएको छ । 

उक्त सारी, ब्लाउज र पेटीकोट चीन, भारत, जापान, अस्ट्रेलिया, युएई, कतार लगायतका देशहरूबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया