लिपमोटरले नेपाल र युरोपमा एकैसाथ ढुवानी सुरु गर्‍यो

काठमाडौँ -  लिपमोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी, C10, नेपाल र युरोपमा एकैसाथ ढुवानी सुरु गरेको छ । 

नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता साङ्ग्रिला मोटर्सले नेपाली बजारमा C10 ल्याउने भएको छ । युरोप र नेपालमा एकैसाथ ढुवानीले लिपमोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिने कम्पनीको भनाइ छ । 

लिपमोटर C10 एक लक्जरी इलेक्ट्रिक एसयूभी भएको कम्पनीको भनाइ छ ।  यसमा 69.9 kWh LFP ब्याट्री,  160 kW पावर र 320 एनएम टोर्क रहेको छ । कम्पनीले काठमाडौँ, बिर्तमोड, बीरगञ्ज, बिराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमै ग्राहकलाई लिपमोटर C10 उपलब्ध गराउने जनाएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया