कालिमाटी तरकारी बजारमा कति पुग्यो तरकारीको भाउ ?

काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य घटेको छ । 

आज तनेबोडीको मूल्य प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । हिजो भने १०८ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २३ रुपियाँले घटेको हो ।  त्यस्तै, बुधबार ९५ रुपियाँमा कारोबार भएको घिउसिमी यसदिन १० रुपियाँले घटेर ७५ रुपियाँ कायम भएको छ । साथै, आज झिगुनी प्रतिकिलो ४५ रुपियाँमै किन्न पाइन्छ । हिजो भने यसको भाउ ५५ रुपियाँ थियो । 


आज कालिमाटीमा ठूलो गोलभेंडा ६५, लोकल गोलभेंडा २८, बन्दा ६५, काउली १०५, भन्टा ३५, लौका ५५, घिरौंला ६५, करेला ७५, रायो साग १३०, हरियो प्याज २२६, कन्य च्याउ १७६ र ब्रोकाउली प्रतिकिलो १३३ रुपियाँ किन्न पाइने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया