काठमाडौं- काठमाडौंको नागपोखरीमा डोङफेङ नामीको शोरुम निर्माण सुरु भएको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनीले आगामी अक्टोबर अन्त्यसम्ममा शोरुम तयार गर्ने अनुमान गरेको छ ।
हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गर्न सक्नेछन् । कम्पनीले अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकलाई बोलाएर टेस्ट ड्राइभ गराउन थालेको हो ।
नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको कम्पनीको दावी छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेका छन् । उपत्यका वाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना बनाएको छ । इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।
प्रतिक्रिया