टाटा पन्च ईभी सार्वजनिक भएको १ साताको अवधिमा १००ं युनिट बिक्री

बुधबार, २६ भदौ २०८१, ११ : १९

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००ं युनिट बिक्री भएको छ । उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ । 

 पन्च ईभीको नाडाको पहिलो दिनमै १००ं बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।  साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।  

टाटा पन्च ईभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । 

बुधबार, २६ भदौ २०८१, ११ : १९

प्रतिक्रिया