टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइकको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाडौं -  विश्वव्यापी रूपमा टू-ह्विलर तथा श्री-हिलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ।

यी नयाँ उतपादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ । टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू-ह्विलरहरु बिएस भिआइ एफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ। यी नयाँ उतपादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको छ ।

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष- इन्टरनेसनल बिजनेस, राहुल नायकले भने, हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर जेन जी ग्राहकहरुको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ। नेपाल सधैं हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ र टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ। यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउँछ। यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो । जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो,'नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं। टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ ।

हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई यी नयाँ भेरियन्टहरूले चित्त बुझेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । नयाँ भेरियन्टहरू सबै उत्साहीहरुको पक्कै पनि मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ । टिभिएस रेडर एफआइ भेरियन्टस् टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । फ्युल दक्षतास् यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ। उत्तम प्रदर्शनः राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्। परिष्कृत स्टाइलिङः टिभिएस रेडर एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ।

टिभिएस एनटर्क भेरियन्टः टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु :

* सुपीरियर थ्रॉटल रेस्पोन्सः उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ। 
* इको-फ्रेन्डली राइड स् राम्रो फ्युल व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्ख मदत गर्दछ । 

*अत्याधुनिक डिजाइनः एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

*टिभिएस रेडिअन एफआइ भेरियन्टः आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन एफआइले १५५ माइलेज दिन्छ, जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरु : 

* स्थायित्वः रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

*आरामदायी र सुविधाजनक यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ-स्टार्ट सुविधाले, सवारीको अनुभव बढाउन्छ।

 * सुरक्षितः सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, ।

टिभिएस रेडर, टिभिएस एनटर्क र टिभिएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस डिलरशिपमा उपलब्ध छन्। टिभिएस रेडर एफआइ को मूल्य रु २,९२,९००\-, टिभिएस एनटर्क एफआइ को मूल्य रु २,७९,९००\- र टिभिएस रेडिअन एफआइको मूल्य रु २,३६,९०० रहेको छ।

टिभिएस मोटर कम्पनी (BSE: 532343 र NSE: TVSMOTOR) विश्वभर प्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी हो। यस कम्पनीले भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधा राखेर दिगो गतिशीलतामा प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ। १०० वर्षको विश्वास, मूल्य, र ग्राहकप्रतिको भावनामा आधारित, यो उच्च गुणस्तरका नयाँ र दिगो प्रक्रियाहरूको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादनहरू निर्माणमा गर्व गर्दछ। टिभिएस मोटर केवल एकमात्र दुई पांग्रे सवारी साधन कम्पनी हो जसले प्रतिष्ठित डेमिङ पुरस्कार जितेको छ। 

३ हप्ता अगाडि

प्रतिक्रिया