काठमाडौँ - दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई र अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्सले मिलेर नयाँ कार बनाउने सहमति गरेका छन् ।
नयाँ कार, आपूर्ति शृङ्खला र प्रविधिमा मिलेर काम गर्ने तरिकामाथि दुई पक्ष सहमत भएका छन् । विश्वभर सवारी साधनबाट हुने उत्सर्जनमा नियमन कसिलो बनाउने क्रम बढ्दा यतिबेला विश्वभरका कार निर्माताहरू नयाँ विद्युतीय सवारी साधन र ब्याट्री प्रविधि बनाउने चर्को दबाबमा छन् ।
यसैबिच बिहीबार कम्पनीहरूले मिलेर भविष्यको स्वच्छ ऊर्जा प्रविधिमा आधारित कारको विकास गर्ने र उत्पादन गर्ने घोषणा गरेका छन् । कम्पनीले स्वच्छ ऊर्जा, विद्युतीय र हाइड्रोजनबाट चल्ने सवारी साधन बनाउने योजना बनाएका छन् ।
सम्झौतामा हुन्डाई मोटरका कार्यकारी अध्यक्ष इउसन चुङ र जीएमकी अध्यक्ष तथा सीईओ मेरी बार्राले हस्ताक्षर गरेका थिए ।एजेन्सी
प्रतिक्रिया