काठमाडौँ - विश्व विख्यात मोटरसाईकल ब्रान्ड सि.एफ. मोटो तथा विद्युतिय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिक गरेको छ ।
हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु-प्रतिक्षित र सबैभन्दा रुचाइएको CF Moto को 450MT बाईक को खरिदमा LS2 हेल्मेट निःशुल्क प्रदान गरिने छ । यस बाईकको मजबुद डिजाइन, दमदार प्रदर्शन तथा आकर्षक स्टाइलिङ्गले सुसज्जित छ। 450 MT को अग्रिम बुकिङ्ग पनि खुला गरिएको कम्पनीले जनाएको छ।
यस्तै गरी सि.एफ. मोटो अन्तर्गतको 250 NK तथा 300 NK को खरिदमा रु १८,००० सम्मको निःशुल्क एक्सेसोरिजहरु प्रदान गरिने छ । विश्वभरिकै २ पाङ्गे इ.भि रुपान्तरणमा आक्रामक रुपमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको जिल्हो स्कुटरमा पनि आकर्षक योजनाहरु राखिएको छ ।
AE4 मोडलको खरिदमा रु १८,००० को क्यास व्याक अफर राखिएको छ । त्यस्तै गरि AE6+ खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा रु २०,००० नगद छुट मध्ये एक छनौट गर्न सकिनेछ । साथै AE8 को खरिदमा पनि निःशुल्क एक्सेसरिज हरु सँगै रु १०,००० को नगद छुट पनि राखिएको छ ।यो पर्व लक्षित योजना १ अश्विन देखि २५ कात्तिक २०८१ सम्म रहने छ ।
साथै यो योजना अवधिभर सरल फाइनान्सिङ्ग सुविधा तथा उत्कृष्ट मूल्याकंन सहित एक्सचेञ्ज सुविधा पनि पाउनेछन् र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट विक्री पश्चातका सेवाहरु प्रदान गर्न ऋषि ट्रेड सेन्टरले शोरुम सञ्जाल विस्तार तथा स्पेयर पार्टस्को उपलब्धतामा पनि विशेष ध्यान दिदै आइरहेको छ ।
प्रतिक्रिया