ट्राइम्फ इन्डियाद्धारा दुई नयाँ मोटरसाइकल सार्वजनिक

बुधबार, ०२ असोज २०८१, १३ : ३३

काठमाडौं- प्रिमियम मोटरसाइकल ब्राण्ड ट्राइम्फ इन्डियाले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा अल न्यू ट्राइम्फ टी ४ (इन्ट्री लेभल) र ट्राइम्फ स्पीड ४०० मोटरसाइकलको २०२५ भेरियन्ट सार्वजनिक गरेको हो ।

नयाँ ट्राइम्फ टी ४ मोटरसाइकल स्पीड ४०० कै प्लेटफर्ममा आधारित रहेर निर्माण भएको हो । यो मोटरसाइकल निकै आकर्षक रेट्रो, रोडस्टार डिजाइन र नयाँ ग्राफिक्समा छ । यो ट्राइम्फको सबैभन्दा सस्तो मोडल पनि हो । यसका अलावा कम्पनीले दुवै मोटरसाइकलमा धेरै उत्कृष्ट फिचर्सहरू दिइएको छ । स्पीड टी ४ मा कम्फर्टेवल सिट, म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर क्लच, ४३ एमएम टेलिस्कोपिक फोर्क, डबल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस, यूएसबी पोर्ट, पूरा एलईडी लाइट, १७ इन्च एलोय ह्वील, मोनोसक सस्पेन्सन जस्ता फिचर दिइएको छ ।

त्यस्तै, नयाँ स्पीड ४०० मा राइड बाइ थ्रोटल, स्वीचेवल ट्र्याक्सन कन्ट्रोल, टर्क असिस्ट क्लच, डबल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस, अलोय ह्वील, पूरा एलईडी लाइट, डिजिटल मल्टि इन्फॉर्मेशन डिस्प्ले जस्ता फिचरहरू छन् । ट्राइम्फ स्पीड टी ४ पर्ल मेटालिक ह्वाइट, ककटेल वाइन रेड र फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध छ । साथै, स्पीड ४०० मा चार नयाँ रङको विकल्प दिइएको छ । जसमा रेसिङ येल्लो, पर्ल मेटालिक वाई, रेसिङ रेड र फ्यान्टम ब्ल्याक समावेश छ।

दुवै मोटरसाइकलमा उस्तै गोलो एलईडी हेडलाइट, गोलाकार १३ लिटरको ट्याङ्की डिजाइन र पातलो टेल इन्ड छ। ट्याकोमिटर, ओडोमिटर, ट्रिप मिटर र अन्य जानकारी देखाउने एलसीडी स्क्रिनसहितको एउटै एनालग स्पीडोमिटर दुवै मोटरसाइकलमा दिइएको छ।

यी दुवै मोटरसाइकलमा ३९८ सीसी क्षमताको टीआर सिरिज इन्जिन पाउन सकिन्छ । इन्जिन एउटै प्रयोग भएता पनि यी दुई मोडलले छुट्टाछुट्टै पावर जेनेरेट गर्ने कम्पनीले बताएको छ । नयाँ मोडल ट्राइम्फ टी ४ ले अधिकतम ३१ पीएस पावर तथा ३६ एनएमको टर्क जेनेरेट गर्छ भने नयाँ भेरियन्ट स्पीड ४०० ले ४० पीएस पावर र ३७।५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।

भारतीय बजारमा नयाँ ट्राइम्फ टी ४ को मूल्य २ लाख १७ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको छ भने स्पीड ४०० को २ लाख ४० हजार रुपैयाँ (एक्स शोरुम) रहेको छ ।

नेपाली बजारमा हालै मात्र सार्वजनिक भएको ट्रायम्फ ब्रान्डले हाल स्पीड र स्क्रयाम्बलर बुकिङ लिइरहेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ६ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ ।

ट्रायम्फले नेपाली बजारमा उत्साहजनक बुकिङ पाइरहेको कम्पनीले जानकारी दिएको छ । यी दुवै नयाँ मोटरसाइकल समेत नेपाल आउने अनुमान गर्न सकिन्छ ।

बुधबार, ०२ असोज २०८१, १३ : ३३

प्रतिक्रिया